बैकको मनोमानी ब्याजदरले ब्यवसायी मर्कामा

पोखरा, ६ फागुन ।
बैक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले वढाएको ब्याज दरका कारण ब्यवसायीहरु मर्कामा परेको सोमवार लेखनाथमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनितीका कारण ब्यवसायीमा परेको असर सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सुरुमा एउटा ब्याज दर कायम गर्ने पछि विभिन्न बहाना र सिस्टमको हवला दिदै ब्यवसायीहरुसग लिने चर्को ब्याज दरले आफुहरु मारमा परेको बताईएका हुन् ।

देशब्यापी चर्चामा आएको ब्याजदरका विषयमा लेखनाथ उद्योग बाणिज्य संघले पनि ऐक्यबद्धता सहित बैक तथा वित्तिय संस्थाको कार्यशैलीप्रति विरोध जनाउदै आन्दोलन कै कार्यक्रम मार्फत अगाडि वढ्नु पर्नेमा पनि सहभागीहरुकले एक मत जाहेर गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोईरालाले बैकले सरकार र उद्योग बाणिज्य महासंघको आदेश नमार्ने हो भने संगठित भएर ठुलै आन्दोलन गर्नु पर्ने अवस्था भएकाले ब्यवसायिहरु आफनो पेशा ब्यवसाय छोडेर भए पनि आन्दोलनका लागि तयारी रहन आग्रह गरेका थिए ।
बैक तथा वित्तीय सस्थाले सुरुमा चिप्ला र मसिना कुरा गर्ने तर पछि ब्यवहारमा ब्यवसायीहरुको घाँटी निमोठ्ने गरी व्यवहार गरेको प्रति कोरइरालाले असन्तृष्टि व्यक्त गरे । सरकारलाई नै असफल गराउने गरी बैकहरुले काम गरिरहेकाले अव समस्यको समाधान मात्र होईन नितीगत रुपमा परिमाण देखिने गरी कार्यन्वन हुनुपर्नेमा उनले जोडदार माग गरे ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष सुमन भटराई, बावुराम गिरी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, अधिवक्ता भुवन पराजुली लगायतका ब्यवसायीहरुले बैकले वढाउदै गएको ब्याजदरका कारण आफनो ब्यवसाय धरापमा परेको गुनासो राखेका थिए ।

You might also like

Comments are closed.