बैकिङ एक्स्पोका तयारी तिब्र

पोखरा, ५ माघ । बुटवलमा बैंकिङ एक्स्पो हुने भएको छ । माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ, बीमा तथा पूँजीबाजर सम्बन्धी प्रदर्शनीको तयारी भइरहेको आयोजक मिडिया इन्टरनेशलले जनाएको छ ।

एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने मिडिया इन्टरनेशनलका अध्यक्ष तथा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ संयोजक माधव निर्दोषले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.