ब्यवसायीका समस्या प्रति लेउवा संघको चासो

लेखनाथ ।
कोरोना भाईरसले निम्त्याएको लकडाउनका कारण उद्योग ब्यवसायहरुको क्षेत्रमा परेको समस्या प्रति लेखनाथ उद्योग बाणिज्य संघले सहजरुपमा ब्यवसाय संचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने वारेमा छलफल गरेको छ ।

लेखनाथ उद्योग बाणिज्य संघले गठन गरेको बजार ब्यवस्थापन उप समिति तथा संघका पदाधिकारी विच शुक्रवार राखेको छलफलमा लकडाउनले गर्दा उद्योग ब्यवसायको क्षेत्रमा पुर्याएको असरका बारेमा प्रशासनसँग वसेर दिर्घकालिन रुपमा के गर्न सकिन्छ भने बारेमा सुझाव संकलन गरिएको हो ।

लकडाउन पश्चात आउने भयावह स्थिति र स्वदेशमा फर्कने नेपाली युवाहरुलाई लक्षित गरि स्थानिय उत्पादनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

बजार ब्यवस्थापन उपसमितिका संयोजक पदमराज पौडेलको अध्यक्षतामा वसेको बैठकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्योग ब्यवसायीहरुको समस्या प्रति संघ चिन्तनशिल भएको र तिनै तहको सरकार साथै प्रशासनसँग सल्लाह गरि दिर्घकालिन उपायहरुलाई अवलम्वन गर्न तयार रहेको विचार व्यक्त गरे ।

सोही अवसरमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद वरालले रोग लाग्नु पर्व सरसफाईमा अपनाउनु पर्ने होसियारीका लागि संस्थाको तर्फबाट विभिन्न स्थानमा हातधुने पानीको ब्यवस्था मिलाउन आफुहरु नितीगत रुपमा तयार रहेको बिचार राखे ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला र बजार ब्यवस्थापन उपसमितिका समन्वयकर्ता विश्वगोपाल श्रेष्ठ लगायतले सरकारले तोकेको समय तालिका र स्वस्थ्य रहनका लागी अपनाउनु पर्ने सवै विधीहरुको प्रयोग गरेर ब्यवसाय संचालन गर्न पाउनु पर्ने र प्रशासनसँग समयावधी लम्ब्याउनका लागि पहल गरि बजारलाई चलायमान बनाईने बताए ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...