लेखनाथ ।
कोरना भाईरसले निम्त्याएको लकडाउनका कारण उद्योग ब्यवसायको क्षेत्रमा पु¥याएको समस्या प्रति सचेत हुदै लेखनाथ उद्योग बाणिज्य संघले आवाज उठाइरहेकोे छ ।
संघले सोमवार विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका विच छलफल गरी ब्यवसायीहरुको हक हितका सवालमा समस्याको निराकरण गरि सम्वन्धित निकायमा आवाज पु¥याउन छलफल गरिएको हो ।ब्यवासयीहरुका समस्या प्रति संघले खेलेकोे भुमिका र कोभिड भाईरसका कारणले आगामी दिनमा पर्ने समस्याका बारेमा जानकार हुुन सुझाव दिदै ब्यवसायीले भोग्नु परेका समस्याका बारेमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिईएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले लकडाउनको समयमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ जिम्मेवारी भएर अगाडी वढेको र आगामी दिनमा पनि संघ सहकार्य गरेर आगाडी वढ्न तयार रहेको वताए । संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले कोभिड भाईरसका कारण देशमा सृजित अवस्थालाई मध्यनजर राखी सरकारले दिर्घकालिन समस्याको समाधानका उपायहरुलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए ।
यसै बिच संघले आफना सल्लाहकार र पदाधिकारीहरु बिच छलफल गरि आफ्नै ब्यवसायी सदस्यका समस्या प्रति सचेत हुदै नेपाल सरकारसँग आवाज पु¥याउनु पर्ने सुझाव राखिएको थियो भने कृषिमा आधारित उत्पादन, र स्वदेशी वस्तु प्रयोग गर्ने उद्योगलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादन र प्रयोगलाई विशेष प्रवद्र्धनमा लविङ गर्नु पर्ने जोड दिईएको थियो ।
Comments are closed.