ब्रेजा अब टोयोटाले बेच्ने

 

काठमाडौं । टोयोटाले सुजुकीसँगको साझेदारीमा भारतीय बजारमा दोस्रो कार लन्च गर्ने तयारी गरिरहेको छ । सो कार मारुती ब्रेजामा आधारित हुनेछ, जसलाई टोयोटा अर्बन क्रुजरको नाममा लन्च गर्ने सम्भावना रहेको छ ।

टोयोटाले यस्तो साझेदारीमा पहिलो कार ग्लेन्जा लन्च गरेको थियो । टोयोटा ग्लेन्जा मूलतः मारुती बलेनोको रिब्याज भर्सन हो ।

रिपोर्टका अनुसार टोयोटा अर्बन क्रुजर जुलाईको अन्त्यमा वा अगस्टको सुरुमा लन्च गरिने छ । यद्यपि यसको लन्चिङ भारतमा कोरोना भाइरसको अवस्थामा निर्भर गर्दछ । टोयोटा ग्लेन्जा पूर्ण रुपमा मारुती बलेनो जस्तो छ । ब्रेजा भन्दा फरक देखाउनको लागि यसको डिजाइन र इन्टेरियरमा केही परिवर्तन गरिने छ ।

टोयोटा अर्बन क्रुजरको फ्रन्ट लुक ब्रेजा भन्दा फरक हुनेछ । यसमा नयाँ ग्रिल र नयाँ बम्पर हुनेछ । हेडल्याम्प र टेलल्याम्प मारुती ब्रेजा जस्ता छन् । तर ब्रेजा भन्दा फरक देखाउनको लागि सो एसयूभीको पछाडिको डिजाइनमा केही परिवर्तन गरिएको छ । र अलोय ह्विल मारुती ब्रेजा जस्तै हुनेछ ।

अर्बन क्रुजरको इन्टेरियरको डिजाइनमा पनि केही परिवर्तन हुनेछ । ब्रेजाको इन्टेरियर ग्रे रङको हुनेछ । अर्बन क्रुजरमा नयाँ सिट अपहोल्स्ट्री र ग्राफिक्स पनि समावेश गर्नेछ । सो एसयूभीमा एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथमा सुजुकीको स्मार्टप्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश हुनेछ ।

टोयोटाको एसयूभीमा म्यानुअल भर्सनमा हाइब्रिड टेक्नोलोजी पनि हुने अनुमान गरिएको छ । जबकि ब्रेजामा हाइब्रिड टेक्नोलोजी अटोमेटिक गियरबक्सको साथ उपलब्ध रहेको छ । मारुती ब्रेजाको अटोमेटिक भर्सनको माइलेज १८।७६ किलोमिटर प्रति लिटर रहेको छ । ब्रेजाको म्यानुअल भर्सनको माइलेज १७।०३ किलोमिटर प्रति लिटर रहेको छ । टोयोटा अर्बन क्रुजरको मूल्य मारुती ब्रेजाको बराबर हुनेछ ।

You might also like

Comments are closed.