आर्थिक आवाज
पोखरा, १६ चैत । ब्लु स्काई मन्टेश्वरीले नयाँ शैक्षिक शत्रदेखि कक्षा १ सञ्चालन गर्ने भएको छ । पोखराको विरौटामा सञ्चालनमा रहेको मन्टेश्वरीले यूकेजी कक्षासम्म पढाउदै आएको थियो । मन्टेश्वरीले शनिबार अभिभावक भेलाको आयोजना गरी नयाँ शैक्षिक शत्रदेखि एक कक्षापनि सञ्चालन गर्ने मन्टेश्वरीका प्रिन्सिपल टीका आचार्य सुवेदीले जानकारी दिइन् ।
मन्टेश्वरीले बालबालिकाहरुलाई पारिवारिक वातावरणमा बालमैत्री शिक्षा प्रदान गदै आएको बताइन् । घरपछि बालबालिका धेरै समय विद्यालयमा रहने भएकाले उनीहरुको चाहना र रुचि अनुसारको शिक्षा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । अभिभावक यामबहादुर रेग्मीले मन्टेश्वरीले बाल मनोविज्ञानलाई ध्यान दिएर शिक्षा प्रदान गर्न आग्रह गरे । मन्टेश्वरीलाई अभिभावले गर्नुपर्ने सहयोग गर्ने उनले बताए । मन्टेश्वरीका व्यवस्थापक जर्नादन सुवेदीले अभिभावकले आफना बालबालिकाप्रति विद्यालयले दिने शिक्षा र व्यवहारका बारेमा चासो राखेर अनुगमन गरिन आग्रह गरे । विद्यालयलाई आवश्यक सल्लाह, सुझावका लागि अभिभावको भुमिका महत्वपूर्ण हुने भएकाले विद्यालयको साथ र सहयोग निरन्तर चाहिने बताए ।
Comments are closed.