ब्लू क्रस अस्पतालमा कैलाशका ग्राहक, कर्मचारी र शेयरधनीलाई विशेष छुट

आर्थिक आवाज
पोखरा, ३ माघ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाडौंका विभिन्न ७ स्थान तथा देशका अन्य ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बंैकले जनाएको छ । यस बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.