भदौरे पञ्चासे महोत्सव पुस १० देखि

राजु गिरी
पोखरा, २९ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका¬–४ मा अवस्थित पर्यटकीय स्थान भदौरेमा २१औं भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसार पुसको १० गतेदेखि हुने भएको छ । भदौरे क्लब, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पुसको १५ गतेसम्म सञ्चालन हुनेछ ।

विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम तथा विशेष आकर्षणमा कोदोको परिकारहरु रहने आयोजकले बताएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि होम स्टे तथा कोदोबाट बनेका परिकारहरु राखिने महोत्सव संयोजक सन्तोष गुरुङले बताए । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न कार्यहरु तिव्र रुपमा अगाडी बढिरहेको पनि संयोजक गुरुङले जानकारी दिए ।

भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले युवाहरुलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन महोत्सवमा युवाहरुका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको बताए । महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसी लगायतका प्रतियोगिताहरुका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम रहने क्लबका सल्लाहकार आइन्दल गुरुङले जानकारी दिए । पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्वितीयले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने गुरुङले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...