भयरस्थान टोल विकास संस्थाको साधारणसभा

पोखरा, १७ कात्तिक ।

पोखरा ४ स्थित भयरस्थान टोल विकास संस्थाको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बास्तोलाले टोल भित्रको फोहर व्यवस्थापन गर्न टोल विकास संस्थाहरु लाग्नुपर्ने बताए । वडामा टोल विकास संस्थाहरुको योगदान महत्वपूर्ण रहेको उनकोे भनाइ छ ।

jutta mela

बुढानिलकण्ठ मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बहादुर कोइरालाले मन्दिरमा हुने गतिविधिमा संस्थाले पु¥याएको सहयोगको प्रशंसा गरे । भयर स्थान टोल विकास संस्थाद्वारा संचालित बाल क्लबका अध्यक्ष सफल कोइरालाले बालबालिकाको क्षेत्रमा संस्थाले राम्रा काम गरेको बताए । बालबालिकालाई प्रोत्साहन गर्ने खालका अन्य कार्यक्रम संचालन गर्न उनले आग्रह गरे ।

टोल विकास संस्थामा आवद्ध नयाँ सदस्यलाई प्रमुख अतिथि बाँस्तोलाले सम्मान गरेका थिए । साधारणसभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमादेवी कोइराला, संस्थाका सचिव श्रीप्रसाद भट््टराई, कोषाध्यक्ष गीता रिमाल, सदस्य कमला भण्डारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.