भयरेश्वरी आधारभुत विद्यालयलाई सेन्ट मेरिजको सहयोग

पोखरा, ९ पुस ।

पोखरा १५ नयाँगाऊमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले पोखरा १४ चाउथेमा अबस्थित भयरेश्वरी आधारभुत विद्यालयलाई दिउँसोको खाजाको लागि खाद्यान्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार सेन्ट मेरिज माध्यमिक विद्यालयका प्राचार्य सिस्टर मार्गरेट मेरी सिजेको सहयोगमा बिपन्न तथा मजदुर बर्गका छोराछोरी पढ्ने भयरेश्वरी आधारभुत विद्यालयको कक्षा नर्सरी र कक्षा १ मा अध्ययनरत साना विद्यार्थीहरुको दिउँसोको खाजा कार्यक्रमको लागि खाद्यान्य हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सेन्ट मेरिजका प्राचार्य सिस्टर सिजे, हिमाली साँस्कृतिक परिवार पोखरा ९ का अध्यक्ष एवं उक्त विद्यालयका शिक्षक मानकाजी गुरुङ सहितकोे टोलीले २५ किलोग्रामका ४ बोरा चामल, २५ किलोग्राम दाल, ५० किलोग्राम गहुँको आटा, तरकारी मसला १२ प्याकेट, भाडा तथा कपडा धुने २ प्याकेट वासिङ्ग पाउडर भयरेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक मीना कार्कीलाई हस्तान्तरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पाटी नेकपाकी नेत्री एवं समाजसेबी बिजया सुबेदीको बिशेष पहल र नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता एवं समाजसेबी बलराम पौडेलको व्यबस्थापनमा मजदुर र बिपन्न बर्गका छोराछोरी अध्ययन गर्ने भयरेश्वरी आधारभुत विद्यालयलाई यो सहित गरि पाँच पटक खाद्यान्य सहयोग हस्तान्तरण गरिएको हो । यसभन्दा अगाडि पनि उनिहरुकै पहलमा पोखरा ४ निवासी निता कायस्थ, गण्डकी प्रदेशका सांसद एव बरिष्ठ ब्युटिसियन मिना गुरुङ, पोखरा १० निवासी गंगा कुँवार र गजकुमारी गुरुङ र थ्रिएन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं समाजसेबी शारदा गौतम खत्री लगायतले सहयोग स्वरुप खाद्यान्य हस्तान्तरण गरेका थिए ।

बिपन्न र मजदुरका छोराछोरीका लागि आफ्नो पहलमा यो सहित पाँच पटक खाजा कार्यक्रमको लागी खाद्यान्य सहयोग गरिएको भन्दै समाजसेबी सुबेदीले सहयोग गर्न चाहाने संघ संस्था र ब्यक्तीले सहयोगी हात अगाडि बढाईदिन आग्रह गरिन् । हरेक तिन तिन महिनामा यो कार्यक्रमलाई निरन्तरता दिईने उनको भनाई थियो । भयरेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक मीना कार्कीको अध्यक्षतामा सम्पन्न खाध्यन्न हस्तान्तरण कार्यक्रमको संचालन भयरेश्वरी आधारभुत विद्यालयका सुचना अधिकारी बसुन्धरा पौडेलले गरेकी थिईन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...