भरतपोखरीमा स्वास्थ्य शिविर

आर्थिक आवाज
पोखरा, ५ पुस । भरतपोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा ३३ भरतपोखरीमा निशुल्क रक्त परीक्षण शिविर गरेको छ । शिविरमा ४ सय ७ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच गरिएको छ ।
बाघमारा बहुउद्देश्यीय सहकारीको सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१ औं शिविर हो । नागरिकलाई स्वास्थ्यबारे चेतनासहित सुलभ, सरल र प्रभावकारी तवरले स्थानीय ठाउँमै सेवा दिन युआरएलले स्थापना कालदेखि नै स्वास्थ्य शिविरहरुमा सहकार्य गर्दै आएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यी शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेका छन् ।
You might also like

Comments are closed.