पोखरा । पोखरा २० भलाममा रहेको हरिहर सन्यास आश्रमलाई लायन्स क्लब अफ पोखरा मिड टाउनले सहयोग गरेको छ । ग्रामीण क्षेत्रमा रहेको उक्त आश्रमलाई खाद्यान्न लगायतका सामग्री सोमबार हस्तान्तरण गरिएको हो ।
क्लबका इलेक्ट अध्यक्ष रुक्मागत भण्डारी (विश्वास), मेम्बरसिप चियरपर्सन बुद्धिप्रसाद भण्डारी र विष्णु भण्डारीका स्वर्गीय पिताको ४५औं दिनको पुण्यतिथिको अवसरमा भण्डारी परिवारको सहयोगमा क्लबले आश्रमलाई सामग्री सहयोग गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्सका डिष्ट्रिक्ट सेक्रेटरी विनोद ढुंगानाले लकडाउनको समयमा मिड टाउनले गरेको सहयोग स्मरणीय रहेको बताए । पढाऔं अभियान चिफ चण्डीप्रसाद अर्यालले ग्रामीण क्षेत्रमा पुगी सहयोग हस्तान्तरण गर्नु राम्रो पक्ष रहेको धारणा राखे । पोखरा २० का वडा अध्यक्ष सिमबहादुर गुरुङले आफ्नो वडामा रहेको आश्रममा आएर सहयोग गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा इलेक्ट प्रेसिडेन्ट रुक्मागत भण्डारी, सचिव विकास भुर्तेल, सहसचिव त्रिलोचन गौतम लगायतले बोलेका थिए । आश्रममा वृद्धवृद्धाहरु बस्दै आएका छन्
Comments are closed.