भाइको हत्या गर्ने दिदी सहित ३ पक्राउ

तनहुँ, २३ माघ
तनहुँको भानु नगरपालिका वडा नं. ९ काउरेटारमा आफ्नै भाईको हत्याको आरोपमा ३जना पक्राउ परेका छन् । गत मंसिर १२ गते भानु ९ काउरेटारका २६वर्षीय राजु विको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मृतकका दिदीहरु २६ वर्षीया मनकुमारी विक र ३५ वर्षीया मनमाया विक सँगै २४ वर्षीय भाइ आयुष विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

मृतक विकलाई उनकी दिदी समेतले कुटपिट एबं चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसी मारेर स्थानीय रामप्रसाद हड्खलेले बारी सिंचाइका लागी खनेको इनारमा लास लुकाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । इनारबाट दुर्गन्ध आएपछि गत सोमबार स्थानीयले प्रहरीलाई खबर गरेपछि राजुको लास त्यस्तो अवस्थामा फेला परेको थियो ।  उक्त घटनामा संलग्न ३ जना विरुद्द प्रहरीले कर्तब्य ज्यान मुद्दामा कारबाही चलाउन अदालतबाट तनहुँ जिल्ला अदातलमा अनुसन्धान म्याद लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

You might also like

Comments are closed.