तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीहरु आदिकवि भानुभक्त आचार्यको पहिचानसँग जोडिएको बिर्खे टोपीमा सजिएर काममा खटिन सुरु गरेका छन् । नगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले असार १ गतेबाट लागू हुनेगरी कर्मचारीले अनिवार्य रुपमा भानुभक्तको बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको थियो ।
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् । भानु नगरपालिका उनैको नामबाट राखिएको छ । कार्यालय समयमा नगरपालिकाका कर्मचराीहरु निर्धारित पोशाकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अन्यथा हाजिरी गर्न नपाउने व्यवस्था गरिएको छ ।
Comments are closed.