भायानेट लिडिङ कम्पनी हो : सुवेदी

 

कृष्ण सुवेदी
पोखरा शाखा प्रमुख, भायानेट

भायानेट कस्तो कम्पनी हो ?
भायानेट बिगत १९ वर्षदेखि चलिरहेको लोडिङ ईन्टरनेट र टि.भी च्यानल प्रदायक कम्पनी हो । नेपालको करिव १५ जिल्लामा भायानेट पुगिसकेको छ । करिव १ लाख प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेका छौ । शुरुमा वारयलेस सर्भिस चलाउथ्यौं । यसलाई अपग्रेड गरेर २०११ देखि फस्ट फाइवर टु दि होम (एफटिटिएच) प्रविधिबाट सेवा प्रदान गर्दै आईरहेका छौ । । फस्ट एफटिटिएच सर्भिस नेपालमा भित्र्याउने नै भायानेट हो । जिपोन टेक्नोलोजीबाट काम हुन्छ ।

भायानेटका विशेषता केके छन् ?
भायानेटले प्रयोग गर्ने प्रविधि नै यसको मुख्य विशेषता हो । एफटिटिएच प्रविधिमा नेटवर्क प्यासिफ हुने हुदाँ विचमा कुनै पनि डिभाईस प्रयोग हुदैनन् । जसका कारण डिभाईसका कारण आउने समस्या स्वत कम हुन्छन् । समय अनुकुल प्रविधिमा अपग्रेड गर्दै आईरहेका छौ । एक्टिभ नेटवर्कमा समस्या देखिदैनन् । यसमा समस्या कमै आउने गर्छन् । टेक्नोलोजीसँगै इन्टरनेट सेवा हाई स्पिडमा दिन्छौं । इन्टरनेटको डिमाण्ड अहिले बढिरहेको छ । नोकियासँग पनि हामीले सहकार्य गरेका छौं । नोकियाले डेभलप गरेको नेटवर्क पनि स्ट्यान्डर्ड खालको छ । अल्ट्रा एच डि च्यानल, हाई कन्टेन्ट, जस्ता नेटवर्क हामीले डेभलप गरेका छौं । तिनै नेटवर्क मार्फत हामी अगाडि बढ्न सक्छौं । अबको २०÷२५ वर्षको समयलाई टार्गेट गरेर नेटवर्कहरु डेभलप गर्न शुरु गरिसकेका छौं । पोखराबाट यसको शुरुवात गरेका छौं । हामी सगँ १ सय जना भन्दा धेरैको प्राविधिक टिम छ । ग्राहकलाइृ गुण्मस्तरिय सेवा प्रदान गर्न हामी लागिरहेका छौ । हामीले प्रयोग गर्ने टेक्नोलोजी ग्राहकको रोजाई अनुसार कै छ । सर्भिस डेलिभर गर्न पनि हामी सफल छौं । २४सै घण्टा टेक्निकल सर्पोट एभाइलेवल हुन्छ । समस्या परेमा जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्नुहुनेछ

भायानेट ईन्टरनेट मार्फत टिभी कसरी प्रयोग गर्न सकिन्छ ?
ईन्टरनेट सगै अर्को जेनेरेशनले टि.भी हेर्ने प्रविधि भनेर चिनिने आईपिटिभी सेवा प्रदान गरेका छौ । जसमार्फ २ सय ३० भन्दा धेरै च्यानल हेर्न सकिन्छ । जसमा ८० भन्दा धेरै एचडी च्यानल रहेका छन् । टि भी च्यानल टि भी सेटमा मात्र नभएर स्मार्ट फोन वा ट्याव मार्फत पनि हेर्न सकिन्छ । आफुलाई मन पर्ने कार्यक्रम पायक पर्ने समयमा हेर्न ७ दिनको अटो रेकर्डिङ सेवा पनि उपलब्ध छ । भित्र हेर्न नवीनतम प्रविधिको प्रयोग हामीले गरेका छौं । हामीले प्रदान गर्ने सेवा विश्वसनीय छ ।

पोखरामा ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले पोखरामा सेवा शुरु गरेको करिव ३ महिना भएको छ । शुरुवातको छोटो समयमा नै हामीले पोखरामा सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौं । ग्राहकको प्रतिक्रियाबाट हामीलाई थप उर्जा मिलेको छ । शुरुवातको समय भएपनि हामी सफल छौं । पोखरा मात्र नभई यस आसपासका क्षेत्रमा पनि हामी पुग्नेछौं । पोखरामा हामी नम्वर वान बन्ने लक्ष्य राखेका छौ । पोखरामा मात्र नभई आसपासका क्षेत्रमा पनि हामी सेवा विस्तार गर्दै जानेछौ । काठमाडौंमा पनि हाम्रो माग राम्रो छ र हामी प्रति विश्वास बढिरहेको छ । । हामीले लिडिङ गरिरहेका छौं ।

सेवा तथा सुविधा कस्ता छन् ?
हामीले प्रयोग गर्ने टेक्नोलोजी ग्राहकको रोजाई अनुशारको छ । २४ सै घण्टा टेक्निकल सपोर्ट उपलव्ध गराउन हामी सफल छौ । १ सय ५० भन्दा धेरै जनाको कल सेन्टर छ । आवस्यकता अनुशार दिउँसोको समयमा निशुल्क फिल्ड सर्पोटको पनि व्यवस्था छ ।

प्रायजसो इन्टरनेटमा समस्या आउछ भन्ने ग्राहकको प्रतिक्रिया छ नि ?
ईन्टरनेट सेवा प्राविधिक कुरा हो कहिले काही समस्या नआउला भन्न सकिदैन । तार मार्फत सेवा प्रदान गरिने हुदाँ विचमा तार चुडिएर पनि समस्या आउन सक्छ । अन्य विविध कारण पनि हुन सक्छन् । समस्या आएमा ग्राहकले हाम्रो कल सेन्टरमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । तत्काल नै हामी समस्या समाधानतर्फ लाग्छौं ।

भायानेटको लक्षित वर्ग कुन हो ?
हाम्रा लागि सवै प्रयोगकर्ता समान छन् । उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रयोग गर्न चाहने ग्राहक नै हाम्रो लक्षित वर्गमा पर्नुहुन्छ । घर, विभिन्न सरकारी कार्यालय, कर्पोरेट कार्यालय, शैक्षिक संस्था हाम्रो लक्षित वर्ग हुन् । घरहरुको लागि छुट्टै प्याकेज छन् भने अफिस तथा कर्पोरेट हाउसका लागि ग्यारेन्टेड ईन्टरनेटका प्याकेज उपलब्ध छन् । सवै ग्राहकलाइृ उच्च गुणस्तरको सेवा प्रदान गर्ने नै हाम्रो लक्ष्य हो ।

You might also like

Comments are closed.