काठमाडौं, १ जेठ । ‘आवाजले नियन्त्रण हुने’ भारतकै पहिलो कार आज लन्च हुँदैछ । एमजी अर्थात मोरिस ग्यारेजको सो एसयूभीमा २.० लिटरको फियाटको डिजेल इन्जिन प्रयोग गरिएको छ । ड्युअल क्लचको साथमा पेट्रोल इन्जिनयुक्त कार पनि आजै भारतमा लन्च गरिने छ । लन्चिङ हुनु पहिले यसको तस्बिर पनि लिक भएको छ ।
एमजी हेक्टरमा एक सय भन्दा धेरै कनेक्टिभिटी फिचर उपलब्ध हुनेछन् । यो भारतको पहिलो कार हुनेछ, जुन इन्टरनेटसँग जोडिने छ । यसमा भएको नेक्स्ट जेनेरेसन अटोमोटिभ असिष्टेन्ट हुनेछ, जसले आवाजलाई पहिचान गर्न सक्ने छ । त्यसैगरी यसमा भएको आई स्मार्ट इन्टरफेसले सफ्टवेयर, हार्डवेयर र कनेक्टिभिटी अप्सनका साथ आउने छ ।
आई स्मार्टको सहयोगले भ्वाइस असिष्टेन्ट सिष्टमको प्रयोग गर्न सकिन्छ र ‘हेलो एमजी’ बोले पछि एक सय भन्दा धेरै कार्य बोलेकै भरमा गर्न सकिन्छ । सो गाडी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । टप भेरिएन्टको एक्सटेरियरमा धेरै स्थानमा क्रोम फिनिस हुनेछ । त्यसैगरी लोअर भेरिएन्टमा ग्रिल, लोअर बम्पर र विन्डो लाइनमा सिल्भर टच हुनेछ । त्यसैगरी सिंगल टोन अलोय ह्विल हुनेछ भने टप भेरिएन्टमा ड्युअल टोन अलोय ह्विल हुनेछ ।
लोअर भेरिएन्टमा हेक्सागोनल मेस ग्रिल हुनेछ । यो वाहेक प्रोजेक्टर हेडलाइट, एलईडी डे लाइट, रुफ रेल्स, ओआरभीएम र इन्टिग्रेटेड टर्न सिग्नल उपलब्ध हुनेछ । यसमा भएको फियाटको मल्टीजेट डिजेल इन्जिनले १७३ पीएस पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन हुनेछ । त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले १४३ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसको साथमा सेमी हाइब्रिड सिष्टम पनि उपलब्ध हुनेछ ।
एमजी हेक्टरमा इमरजेन्सी कल, १७ इन्चको टायर, भेइकल स्टाटस, सनरुफ, टेलगेट र डोर लकका साथ रिमोट कन्ट्रोल जस्ता फिचर पनि उपलब्ध हुनेछन् । त्यसैगरी ३६० डिग्रीको क्यामेरा, अटो डे नाइट लाइट ओआरभीएम, ७ इन्च फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र बडी सनरुफ जस्ता फिचर मिल्नेछ । यसको टप भेरिएन्टको मूल्य १८ देखि २० लाख भारु सम्म हुने अनुमान गरिएको छ । यति धेरै फिचर भएको कार भारतमा करिब ६० लाख भारु तिरेर मात्र पाउन सकिने अवस्था छ । कम मूल्यमा यस्तो गाडी पाउनु धेरै राम्रो भएको मिडियाहरुले उल्लेख गरेका छन् ।
Comments are closed.