भारतले उल्टायो पहिलेको सर्त, अब सहजै किन्नेछ नेपालको बिजुली

काठमाडौं, ९ पुस । दक्षिणी छिमेकी भारतले नेपालको विद्युत व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

२०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो । ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको सर्त उल्टाएको हो । अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ ।

You might also like

Comments are closed.