भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग

पोखरा ११ फागुन
पोखरा –७ मासवार स्थित सफलता महिला कृषि सहकारी संस्था लिमिटेड भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै ८० वर्षिय स्थानीय जेष्ठ नागरिक पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा भएको बताइन्

कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा–७ का अध्यक्ष डिल्लीराम बराल, समाजसेवी महाकाली बराल लगायतले छोटो समयमा सहकारीले गरेको प्रगतिको प्रसशा गरे ।
कार्यक्रममा जेष्ठ नागरिक योगमाया बराल, परिज्ञान राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक इश्वरी पौडेल, महिला विकासका लागी आमा समुहका अध्यक्ष मनमाया बराल, महिला क्लबका अध्यक्ष मिना आचार्य, संस्थाका सदस्य कमला बराल लगायतले बोलेका थिए ।  कार्यक्रम सफलता महिला कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाले कृषिमा आधारित विभिन्न उत्पादन गर्नुका साथै सामाजिक र महिला सशत्तीकरणको क्षेत्रमा कार्य गर्दै आएको छ ।

You might also like

Comments are closed.