भारतीय पेन्शन वितरण कार्यालयमा एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवा

आर्थिक आवाज
पोखरा । एभरेष्ट बैंक लिमिटेडले भारतीय पेन्शन वितरण कार्यालय पोखरामा एक्सटेन्सन काउन्टर सहित एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको सोमबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा भारतीय पेन्शन वितरण कार्यालय पोखराका प्रमुख शशांक त्रिपाठीले संयुक्त रुपमा उद्घाटन गरे ।

भारतीय भूतपूर्व सैनिकहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ एक्सटेन्सन काउन्टर सुरु भएको बैंकले जनाएको छ । एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि विज्ञप्तिमा उल्लेख छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० वटा एटिएम सन्जालमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.