भिआइइसी एजुकेशनको ३९औं शाखा पोखरामा

पोखरा १८, चैत ।

पोखराको न्यूरोडमा भिआइइसी एजुकेसनले पोखरा शाखाको शनिबार एक समारोह बीच समुद्घाटन गरेको छ ।  अष्ट्रेलियन नागरिक भिविन पोर्टरले सन् १९९६मा अष्ट्रेलियाको मेलवर्नमा भिआइइसीको प्रधान कार्यालय स्थापना गरेका हुन् । हाल विश्वको विभिन्न मुलुकमा गरी यसका ३९ शाखाहरूबाट विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि परामर्श प्रदान गर्दै आएको छ भने यसको मुख्य अप्रेसन कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ ।

यस एजुकेशनले हाल अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई प्राथमिकतामा राखी अष्ट्रेलियाको ए ¥याङ्किङ्ग युनिभर्सिटी र प्रतिष्ठित कलेजहरूको प्रतिनिधिको रूपमा रही विद्यार्थीहरूलाई सहज ढंगले परामर्श र सहयोग प्रदान गर्दै आइरहेको छ । साथै, यस एजुकेशनले अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, यूएसए, यूके, आयरल्याण्ड, दुवई, मलेसिया, सिंगापुर लगायतका देशहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई पनि उचित परामर्श प्रदान गरेको छ ।
पोखराबाट पनि उल्लेखनीय रूपमा विद्यार्थीहरू उच्च शिक्षाको लागि अष्ट्रेलिया लगायतका देशहरूमा जाने भएकाले त्यस्ता विद्यार्थीहरूलाई उचित परामर्श दिन पोखराको न्यूरोडमा भिआइइसीको नयाँ शाखा खोलिएको हो ।

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले यस शाखाको उद्घाटन गर्दै –उच्च शिक्षा हासिल गर्न विदेशमा गए पनि त्यहाँका ज्ञान, शिप र प्रविधि आफ्नो स्वदेशमा आएर राष्ट्र निर्माणमा सहयोग पु¥याउन विद्यार्थीहरूलाई आग्रह गरे । साथै भिआइइसी सञ्चालकहरूलाई इन्गित गर्दै यस परामर्श पेशालाई अनुशासित, व्यवस्थित, मर्यादित, सेवामुलक संस्थाकोरूपमा अगाडि बढाउन सुझाव दिए ।

भिआइइसीको नेपाल मार्केटिङ म्यानेजर पोषणप्रसाद लामिछानेले भिआइइसी एजुकेशनका सिनियर संस्थापकहरू लामो समयदेखि परामर्शदाताको रूपमा यस क्षेत्रमा लागि परेको हुँदा र उहाँहरूको रायसल्लाह बमोजिम नेपालको प्रदेश नं. ४ का विद्यार्थीहरूको वैदेशिक अध्ययनको तीव्र चाहनालाई मध्यनजर गर्दै ३९ शाखाको रुपमा यस एजुकेशनको विस्तार पोखरामा गरिएको बताए । कार्यक्रममा वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । भिआइइसी पोखराका एरिया म्यानेजर पार्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संचालन शाखा प्रमुख बालकृष्ण गुरुङले गरेका थिए ।

You might also like

Comments are closed.