भिटारा ब्रेजा स्पोट्र्स लिमिटेड एडिसनमा

काठमाडौं । मारुती सुजुकीले आफ्नो लोकप्रिय एसयूभी भिटारा ब्रेजाको नयाँ स्पोट्र्स लिमिटेड एडिसन भारतमा लन्च गरेको छ । ग्राहकहरूलाई केही नयाँ र थप विशेषताका साथ आफ्नो उत्पादन उपलब्ध गराउने लक्ष्यका साथ यसको नयाँ संस्करण बजारमा ल्याउन लागेको बताइएको छ ।

भिटारा ब्रेजाको नयाँ स्पोट्र्स लिमिटेड एडिसनमा नयाँ बडी ग्राफिक्स, नयाँ सिट कभर, डिजाइनर म्याट, स्लाइड क्लडिङ, अगाडि र पछिका गार्निश, लेदर स्टेयरिङ कभर, डोर सिल गार्ड, ह्विल आर्क किट र नेक कुसन जस्ता फिचर उपलब्ध छन् । हाल उपलब्ध भिटारा ब्रेजा भन्दा २९ हजार ९ सय थप मूल्यमा यो गाडी उपलब्ध हुनेछ ।

मारुती सुजुकीले सन् २०१६ मार्चमा भिटारा ब्रेजा लन्च गरेको थियो । तीन वर्षको छोटो अवधिमा यसले कम्प्याक्ट एसयूभी सेगमेन्ट बजारको परिदृश्यलाई नै पुरा परिवर्तन गर्न सफल भएको छ । २०१८ १९ मा मारुती सुजुकीले १ लाख ५७ हजार ८८० भिटारा ब्रेजा बिक्री गर्न सफल भएको छ । यसबाट यसको बजार हिस्सा ४४ प्रतिशत भन्दा बढी पुगेको छ । भिटारा ब्रेजामा १.३ लिटरको इन्जिन छ । यसको एआरआई सर्टिफाइड माइलेज २४.३ किलोमिटर प्रतिलिटर छ ।

You might also like

Comments are closed.