भिमादमा चार जनामा डेङ्गुको संक्रमण

तनहुँ ४,मंसिर
तनहुँको भीमादमा डेङ्गुका चार बिरामी भेटिएका छन् । नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भएको हो । डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ रहेका छन । भीमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो । बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किएको छ भने सरोजको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।
भीमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको कारण सोही लामखुट्टेले टोकेर डेङ्गु भएको आशङ्का गरिएको छ ।

You might also like

Comments are closed.