भियतनाम र कम्बोडियामा ‘सेल्स मिसन’

सुरेन्द्र पौडेल
जेठ २२, पोखरा ।

दक्षिण पूर्वी एसियाका देशहरु भियतनाम र कम्बोडियामा ‘नाट्टा प्रमोसनल टुर एण्ड सेल्स मिसन’ कार्यक्रममा हुने भएको छ । पर्यटन प्रवद्र्धनका लक्ष्यसहित भियतनामको हनाई र कम्बोडियाको सिमरिप (क्ष्झ च्भबउ) मा कार्यक्रम गर्न लागिएको हो । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजनामा पर्यटन प्रवद्र्धनामत्क कार्यक्रम गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल पर्यटन बोर्डसँग सहकार्यमा गरी जेठ २४ देखि असार २ गतेसम्म कार्यक्रम आयोजना गरिएको महासचिव हरिराम अधिकारीले जानकारी दिए । नाट्टा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधी सहित भ्रमणमा १८ जना सहभागी हुँदैछन् । टोलीले भियतनाम र कम्बोडियामा ‘बिटुबी’ अन्तक्रिया कार्यक्रम आयोजना गर्ने निबर्तमान अध्यक्ष दीलप्रसाद गौतमले जानकारी दिए । विषेश गरी पोखरा र वरिपरिका पर्यटकीय क्षेत्रहरुसहित समग्र नेपाललाई समेटी तयार पारिएका प्रबद्र्धधनात्मक सामग्रीहरु ती देशहरुमा बितरण गरिने उनले बताए ।

विश्वका घुम्नै पर्ने प्रमुख १० देशहरु मध्ये नेपाल पनि एक हो भन्ने सन्देश दिन भ्रमण फलदायी हुने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक झबिलाल अधिकारीले बताए । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भन्ने जानकारी गराउने, विश्वको सर्वाेच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा माथिका ८ हिमश्रृखला नेपालमा पर्छन् भन्ने जानकारी गराउने पनि भ्रमणका उद्देश्य छ ।

नेपालमा रहेका विविध प्राकृतिक र धार्मिक सम्पदाहरुको प्रचारप्रसार बाँड्दै त्यहाँका पर्यटकलाई नेपाल ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए । ‘नेपाल र विशेषगरी पोखरा वरपरका पर्यटकीय स्थलहरु भियतनाम र कम्बोडियाली पर्यटकको लागि अति उपयुक्त क्षेत्रहरु हुन्,’ उनले भने, ‘पोखरामा अवस्थित ट्राभल तथा टुर अपरेटरहरुको क्षमता अभिबृद्धिका साथै भियतनाम, कम्बोडियामा रहेका ट्राभल–ट्रेड अपरेटरहरुसँग व्यापारिक सम्बन्ध कायम गरी पर्यटक बढाउन भ्रमण सफल हुनेछ ।’

सन् २००४ देखि नाट्टा फाम टुर आयोजना गरेको संघले सन् २००८ देखि नाट्टा प्रमोशनल टुर गर्दै आइरहेको छ । नाट्टा अबलोकन भ्रमणका क्रममा नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन गर्ने सिलसिलामा छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, दक्षिण कोरियाका र बंगलादेशमा अन्तरक्रिया, पत्रकार सम्मेलन तथा बिटुबी कार्यक्रम बिगतका वर्षहरुमा भइसकेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पर्यटक बढाउन भ्रमण फलदायी हुने धारणा राखे । पर्यटन मन्त्रालयले हालै नियुक्त गरेका पर्यटन विज्ञ बासुदेव त्रिपाठीले भ्रमणका क्रममा पोखरा लगायत देशभरका मुख्य पर्यटकीय शहरको प्रवद्र्धन गर्नुपर्ने बताए । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य टीकाराम सापकोटाले बुद्धिष्ट बाहुल्य देशमा कार्यक्रम आयोजना गरिएकाले गौतम बुद्धको जन्म नेपालमा भएको सन्देशलाई प्राथमिकताका साथ प्रचार गर्नुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.