भीमपथ बजारद्वारा उपहार कुपन सार्वजनिक

पोखरा, १७ कात्तिक ।

भीमपथ बजार व्यवस्थापन समिति बागलुङ बसपार्कले दसैं तिहारको अवसरमा सञ्चालन गरेको ‘फ्रि स्किम उपहार कुपन’ शनिबार सार्वजनिक गरेको छ । भीमपथ बजार क्षेत्रभित्र रहेका फेन्सी लगायत सम्पूर्ण व्यवसायीहरुलाई समेटेर व्यवस्थापन समितिले उपहार कुपन सञ्चालन गरेको समितिका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।

५ सय रुपैयाँ बराबरको सामान खरिद गर्ने ग्राहकलाई उपहार कुपन निःशुल्क प्रदान गरिएको थियो । उपहार कुपन प्राप्त गर्ने ग्राहकहरु मध्ये प्रथम पुरस्कार कुपन नम्बर ०२३७६ का सुक्नित रानाभाट (काहुँखोला) लाई परेको छ । उपहार कुपन प्राप्त गर्ने रानाभाटले च्याङग्रा उपहार प्राप्त गर्नेछन् ।

द्वितीय पुरस्कार कुपन नं. ०००८६ का सिर्जना बज्राचार्य (घाचोक) लाई र तृतीय पुरस्कार कुपन नं. ०८९६३ का सरोज दवाडी (कास्कीकोट) लाई परेको छ । द्वितीय र तृतीयले क्रमशः खसी र बोका उपहार प्राप्त गर्नेछन् । छिट्टै उपहार वितरण गरिने संस्थाका सल्लाहकार प्रकाशमणि तिवारीले जानकारी दिए ।

पोखरा २ का वडा अध्यक्ष रामेश्वर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा स्थानीय समाजसेवी गजेन्द्रबहादुर भारी, मुक्तिकुमार बजिमय लगायतले बोलेका थिए ।

footwear exchange
You might also like

Comments are closed.