भुकम्पले क्षति पु¥याएको विद्यालयको नयाँ भवन सिलन्यास

पुस ११,तनहुँ ।
तनहुँ जिल्लामा २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिमार्ण कार्यले तिब्रता लिएको छ । यसैक्रमा व्यास –१० सेवर स्थित सर्वज्योति माध्यामिक विद्यालयको भुकम्पबाट क्षति पुगेको भवन पुर्ननिर्माणका लागी बुधबार एक कार्यक्रमका बिच सिलन्यास गरिएको छ ।

विद्यालयको ४ कोठे भवनको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा ) तनहुँका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गीय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलकले संयुक्त रुपमा सिलन्यास गरेका हुन् । उक्त कार्यक्रममा रानाभाटले भौतिक संरचना मजबुत भए मात्र विद्यालयको पठनपाठनमा सहज रुपले अघि बढ्ने बताए ।

विद्यालयको भवन भुकम्पले जीर्ण बनाएपछि टालटुल गरी पठनपाठन अगाडि बढी रहेको अवस्थामा नयाँ भवनको आवश्यकता खडकिएको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइबाट भवन निर्माणका लागि रकम प्राप्त गर्नु खुशीको कुरा भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए ।

६६ लाखको लागतमा निर्माण हुन लागेको भवन तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने तर्फ आफु लाग्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिमल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.