भुकम्प गएको दिनको स्मरणमा निप्सद्वारा सचेतना ¥याली

पोखरा, १२ बैशाख
२०७२ बैशाख १२ मा गएको विनासकारी महाभूकम्पको दिनलाई स्मरण गर्दै निप्स पोखरा च्याप्टरले बिहीबार पोखरामा चेतनामुलक रयाली आयोजना गरेको थियो ।
बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पको स्मरण गदै वीमा सम्वन्धमा जनचेतना अभिबृद्धी गर्ने उदेश्यले निप्स पोखरा च्याप्टरका सदस्यहरु, पोखरा स्थीत जीवन वीमा तथा निर्जिवन वीमा कम्पनीका कर्मचारी, अभिकर्ता र नेपाल सर्भेयर एसोसिएसन सम्वद्ध ब्यक्तिहरु सहभागी रहेको कार्यक्रममा वीमा सम्वन्धी चेतना मुलक प्लेकार्ड सहितको प्रभातफेरी र्याली आयोजना गरिएको हो ।

प्रभातफेरी मानबधिकार चोक बाट सूरु भै शहरका विभीन्न भागको परिक्रमा गरी सभागृह पुगेर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले बिमाको बारेमा सवैलाइ बुझाउनसके यसले प्रत्येक व्यक्ती अनि समाजको नै हित हुने बताए । उनले विमाको महत्वको बारेमा कोही पनि अन्जान नबनोस भनेर छिटै आफनो वडाबाट यसको शुरुवात गरि नगरवासीलाइ आर्थीक रुपमा सुरक्षीत गर्न आफु तयार रहेको बताए । उनले सवैलाइ विमाको पहुँचमा पुर्याउन सकेको भए विमानसकारी भुकम्पमा सम्पत्ति तथा ज्यान गुमाउनेहरुका परिवारलाइ राहत हुने समेत बताए ।

पोखरा च्याप्टरका अध्यक्ष केशबराज ढकालको अध्यक्षतामा भएको सो कोण सभामा, निप्सका निबर्तमान अध्यक्ष सुनयना पालिखे, सोसाइटी अफ इन्जिनियरिङ्ग एसोसीयसनका पोखरा अध्यक्ष राजेन्द्र लिगल, नेपाल सर्भेयर सोसाइटी ९निशा० संयोजक सुरेन्द्र गोदार, नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष लगाएत सम्पुर्णको उपस्थिति थियो । विमाले मानीसको सुखमा मात्र नभइ दुखमा पनि साथ दिने वताईएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक शिव सुबेदी र संचालन निप्स पोखराका महासचिव दिपकराज तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.