भुजेलले उम्मेदवारी दिने, यस्ता छन् एजेण्डा

आर्थिक आवाज

पोखरा, ५ भदौ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि व्यवसायी देव बहादुर (डि.बि.) भुजेलले उम्मेदवारी दिने भएका छन् । बर्तमान कार्यसमिति बस्तुगत संघसंस्थाबाट सदस्य बनेका उनले यसपटक प्रत्यक्षतर्फ कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आम उद्योग तथा व्यवसायीहरुको माया सदभाब र सहयोग प्राप्त भएकाले सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले आर्थिक आवाजलाई बताए । ‘उद्योग एवं व्यापार देशको मेरुदण्ड हुन्, यसको समुचित विकास र विस्तारले सुदृढ, सशक्त र सक्षम उद्यशीलता विकास गर्न सके नै देसको समृदि सम्भव छ,’ उनले भने । रास्ट्रिय उद्योगद्वारा उत्पादन र उत्पादित बस्तुहरुको व्यापारमा प्रोत्साहन दिन तत् सम्बन्धी वैज्ञानिक खोज अनुसन्धान, तालिम, सेमिनार गोस्टीको आयोजना ल्याउनु संघको कर्तव्य हुने र आफूले पहल गर्ने उनले बताए ।

‘उद्योग व्यापारमा लागेका व्यवसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको विकास गर्दै संगठनलाई गतिशील बनाई व्यवसाय र व्यवसायीहरुको हकहित र सर्बोत्तम कल्याणको निम्ती एकता कायम गरी अग्रसर रहनु परम धर्म हो यसको लागि सम्बन्धित क्षेत्र अधिकार भित्र रहेर यसको पहल गर्नका लागि पनि मेरो उमेद्वारी हो,’ उनले भने ।

युवा पलायन रोक्न उद्योगी बन्नुपर्छ, स्वदेसमै स्वरोजगार सिर्जना गर्नुपर्छ भन्ने अभिप्रायले उत्प्रेरित हुँदै नयाँ पुस्तालाइ केही गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले उद्योगी व्यवसायीबाट अमूल्य मत पाउने विश्वास व्यक्त गरे । दुई वर्ष कार्य समितिमा बसेर पनि संस्थागत हिसाबले सम्पूर्ण व्यवसायीहरुको साझा प्रतिनिधित्व गर्दै आएको र अब पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डि.बि. भाँडा पसलका सञ्चालक भुजेल चिप्लेढुंगा सिदार्थचोक व्यवसायी समितिको अध्यक्ष हुन् । पोखरा भाँडा व्यवसायी संघको निवर्तमान अध्यक्ष हुन् ।

You might also like

Comments are closed.