भेट्रान बास्केटबल पोखरामा सुरु, उद्घाटन खेलमा कास्की पराजित

पोखरा, ३ फागुन ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्धारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कृतिपुर भेट्रान संग ४३–३२ को स्कोरमा पराजित भएको छ ।

यस्तै बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबिसीलाई ८०–६८ ले पराजित ग¥यो पुन समाजलाई जिताउन पुन समाजका तिलक पुन एक्लैले ५० अंक बटुले । काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित भयो । ठमेलका कर्मा गुरुङ एक्लैले टिमलाई जिताउन ३५ अंक बटुलेका थिए ।

त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल संघलाई ७२–२० को स्कोरले पराजित गर्दा ठमेल युनाइटेडले तनहुँलाई ४५–२१ को स्कोरले पाखा लगायो ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादर जिशीले पोखरालाई खेलकुदको राजधानीको शहरको रुपमा बिकास गर्न महानगरले छिट्टै योजना बनाउने बताए । उनले पोखराको खेलकुद बिकासमा महानगरले आफ्ना नागरिकको स्वास्थ्यका विषयमा विशेष चासो दिंदै हरेक वडामा एक खेल मैदान बनाउने योजना समेत भएको बताए ।

कास्की जिल्ला बास्केटबल संघका नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बास्केटबल कोर्टलाई अत्याधुनिक बनाउन पहल सुरु भएको बताए । उनले खेलाडी बाट पदकको आशा गर्नु भन्दा पनि खेलाडीलाई अत्याधुनिक खेलस्थल उपलव्ध गराइनु पर्ने कुरामा जोड दिए । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ५ गते सम्पन्न हुने प्रतियोगितका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् ।

You might also like

Comments are closed.