भोल्भो निर्माण उपकरणको शोरुम अब पोखरामा

पोखरा, १४ जेठ ।

भोल्भो निर्माण उपकरणको आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले पोखरामा शाखा विस्तार गरेको छ । पोखराको चाउथेमा सञ्चालनमा आएको शाखाबाट भोल्भो र एसडिएलजिका उत्पादनहरुको जगेडा पार्टपुर्जा सजिलै उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले भोल्भो र एसडिएलजिका उत्पादनहरु बिक्री गर्दै आइरहेको छ । एक्स्क्याभेटर इसि २१० डी, ग्रेडर जी ९१९० र जी ९१३८, लोडर एलजी ९३६ एल र एलजी ९५६ एफ, क्म्प्याक्टर एसडी ११० बीए, ट्यान्डेम रोलर डीडी ९० बी र न्युम्याटिक रोलर पीटी २२० लाई प्रालिले नेपालमा बिक्री गर्दै आइरहेको छ । प्रदेश नम्बर ४ लाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको हो । ‘प्रदेश ४ का ग्राहकहरुलाई लक्षित गर्दै उनीहरुलाई चाहिएको समयमा नै छिटो सेवा प्रदान गर्न र जगेडा पार्टपुर्जाहरु उपलब्ध गराउन यो शाखाको स्थापना गरेको हो,’ विज्ञप्तिमा छ ।

सेवा प्रक्रियालाई अझ विश्वसनीय र सुविधाजनक बनाउन कम्पनीले १०ः१ यान्त्रिक उपकरणको अनुपातमा प्राविधिकहरुको व्यवस्था गरी योग्य र क्षमतावान आवासीय प्राविधिकहरुको समेत व्यवस्था गरेको छ । ग्राहकले आफ्नो निर्माण उपकरणको लागि बिक्री पछिको सेवा सहजताका साथ प्राप्त गरेर अझ ज्यादा लाभ लिन पाउने कम्पनीको दावी छ । ‘शाखाबाट सर्भिस इन्जिनियर २४ सै घण्टा उपलब्ध हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सूचना पाएको २४ घण्टाभित्रमा इन्जिनियरहरु ४ नं प्रदेशको कुनै पनि क्षेत्रमा पुग्नेछन् ।’ उद्घाटन कार्यक्रममा भोल्भो इस्ट एशिया प्यासिफिक लि. सिंगापुरका निर्देशक पे जिङ पेङले भोल्भोको नीतिहरु र नेपालको सम्बन्धमा लिइएको योजनाका बारेमा बताएका थिए ।

You might also like

Comments are closed.