भौतिक पूर्वाधार विकासमा प्रदेशको प्राथमिकताः मन्त्री बस्नेत

आर्थिक आवाज
पोखरा, २१ माघ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम शरण बस्नेतले गण्डकी प्रदेशमा उद्योग कलकारखाना स्थापना र विकास गर्न भौतिक पुर्वाधार मुख्य आधार भएको भएका छन् । भौतिक पूर्वाधारको विकासलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए ।

पोखरा चेम्वर अफ कमर्स कास्कीद्वारा आयोजित अन्तरक्रिया बोल्दै उनले आगामी दिनमा प्रदेश सरकारले व्यावसायिक वातावरण सुधारतर्फ निवार्ह गर्नुपर्ने भुमिका निर्वाह गर्ने, वर्तमानमा देखिएको आयत मुखि प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । देश भित्रै उत्पादन, प्रवद्र्धन, बजारीकरण र निकासीमा ध्यान केन्द्रित गर्न सकेमा मात्रै नेपालको बढ्दो व्यापार घाटाको प्रवृत्तिमा सुधार आउनुका साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुग्ने धाराण राखे ।

छिट्टै लगानी सम्मेलन गरी उद्योगी, व्यवसायी माझ आइपुग्ने उनले जानकारी गराए । मुलुकको आर्थिक सम्वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहने हँुदा यस क्षेत्रको आर्थिक विकास र आर्थिक गतिविधीमा पोखरा चेम्वर अफ कमर्स कास्कीसँग प्रदेश सरकारले सहकार्य गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष किसान सुनारले जानकारी दिए ।

कार्यक्रममा संस्थाका पदाधिकारी र कार्यसमिति सदस्यहरुबीच विभिन्न विषयमा छलफल भएको थियो । अवसरमा संस्थाका अध्यक्ष किसान सुनारले नेपाल चेम्वर अफ कमर्श र पोखरा चेम्वर अफ कमर्श कास्कीबारे जानकारी गराएका थिए ।

You might also like

Comments are closed.