भ्यालेनटाइन्समा प्याराडिजोमा डिजे घन्कने

पोखरा, २ फागुन

भ्यालेनटाइन्स डे को दिन आज पोखराको प्याराडिजोमा डिजेहरु घन्कने भएका छन् । प्रेम दिवस अर्थात भ्यालेनटाइन्स डे को दिन आज फेब्रुअरी फोर्टिन्थको दिन साँझ पोखराको लेकसाइडमा रहेको होटल प्याराडिजोमा डिजेहरु घन्कने भएका हुन् । आज साँझ हुने भ्यालेनटाइन्स स्पेसल कार्यक्रममा द वेभ ब्याण्ड, डिजे उमेश, डिजे भ्यालेनटाइन्स र डिजे लभले प्रस्तुती दिने होटल प्याराडिजोका म्यानेजर हरि पौडेलले जानकारी दिए ।

साँझ ६ बजेदेखी शुरु हुने भ्यालेनटाइन्स स्पेसल कार्यक्रम राती अबेरसम्मै हुने उनले बताए । कार्यक्रममा महिला र जोडीसहित आउनेलाई निःशुल्क प्रवेशसहित निःशुल्क वेलकम ड्रिङ्क्सकोसमेत ब्यबस्था रहेको उनले जानकारी दिए । उनीहरुलाई खानामासमेत विशेष छुट रहेको उनले बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...