भ्यालेन्टाइन डेमा ट्रान्क्युलिटी स्पाको अफर

आर्थिक आवाज/पोखरा । ट्रान्क्युलिटी स्पाले भ्यालेन्टाइन डेको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत प्रत्येक जोडीलाई विशेष छुटमा सेवा प्रदान गरिने ट्रान्क्युलिटी स्पा पोखराका कोअर्डिनेटर रनिल फैजूले जानकारी दिए ।

अन्य समयमा एक जोडीलाई ८ हजार रुपैयाँ पर्ने उक्त मसाज सेवालाई छुट अबधिभर ३ हजार ५ सय रुपैयाँ कायम गरिएको उनले बताए । ‘अफर फेव्रुअरी महिनाभर लागु हुन्छ,’ उनले भने । ९० मिनेट समयको अरोमा थेरापी मसाजलाई अफरमा समावेश गरिएको छ । ‘भ्यालेनटाइनको अवसरमा अफर लागु भएको उक्त मसाज रोज वयलबाट गरिन्छ,’ फैजूले भने ।

पोखराका सेवाग्राहीले लेकसाइडस्थित सरोवर मार्गमा रहेको स्पाको शाखाबाट यो बिशेष छुटको सुविधा लिन सक्ने फैंजुले बताए । ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ । ‘व्युटी ट्रिटमेन्ट सम्बन्धी सेवाहरु हामीले प्रदान गरिरहेका छौं,’ उनले भने ।

स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने फैजू बताउँछन् । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने स्पाका अध्यक्ष भुवन फैजूले बताए । ‘प्राकृतिक चिकित्सा पद्धतिबाट सेवा प्रदान गर्दै आइरहेका छौं,’ उनले भने ।

You might also like
1 Comment
  1. Sabin pradhan says

    Wow^wwwww
    Great speech Bhai

Comments are closed.