पोखरा । पोखरामा इन्नोभेसन बुटक्याम्प हुने भएको छ । पश्चिमाञ्चल ईञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखरा, नेपाल ईञ्जिनियरिङ एशोसियसन गण्डकी प्रदेश र एफएसयु पश्चिमाञ्चल क्याम्पसको संयुक्त आयोजना तथा नेपाल गो एशोसियसन फिनल्याण्डसँगको सहकार्यमा बुटक्याम्प हुने भएको हो ।
विभिन्न क्षेत्रमा देखा परेका साझा चुनौतिबिरुद्ध काम गर्ने उद्देश्यले यहि मंसिर ८ गतेदेखि पोखरामा बुटक्याम्प–२०१९ हुन लागेको बुटक्याम्प पोखराका संयोजक डा.कृष्णराज अधिकारीले जानकारी दिए । बुटक्याम्पमा कलेज तथा क्याम्पस, सार्वजनिक क्षेत्र, प्रोफेसनल इञ्जिनियर र नेपाल तथा फिनल्याण्डका कम्पनीका प्रतिनिधीहरुले सहभागिता जनाउने उनले बताए । उनीहरुलाई फिनल्याण्डबाट आएका विज्ञहरुले सहजीकरण गर्ने उनले बताए ।
बुटक्याम्पको मुख्य उद्देश्य भ्रष्टाचार पत्ता लगाउने संयन्त्र निर्माण गर्ने रहेको संयोजक अधिकारीले बताए । जसका लागि बुटक्याम्प सहयोगी सिद्ध हुने उनको दाबी छ ।
सह प्राध्यापक रामप्रसाद पौडेलले बुटक्याम्प प्राविधिकहरुलाई उत्प्रेरित गरी क्षमता अभिबृद्धि गर्ने र नतिजा निकाल्ने प्रक्रिया भएको बताए । उनले भ्रष्टाचारलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताउँदै त्यसका लागि बुटक्याम्प फलदायी हुने धारणा व्यक्त गरे ।
बुटक्याम्प सम्पन्न गर्न अधिकारीको संयोजकत्वमा नेपाल ईञ्जिनियरिङ एशोसियसनका ईञ्जिनियर बाबुराम भण्डारी सदस्य सचिव तथा नेपाल गो एशोसियसन फिनल्याण्डका नेपाल संयोजक ईञ्जिनियर मुक्तिनारायण पौडेल, पश्चिमाञ्चल ईञ्जिनियरिङ अध्ययन संस्थानका स्ववियू सभापति ईञ्जिनियर ईन्द्रप्रसाद पौडेल र विद्यार्थी अनुपज्वाला पौडेल सदस्य रहेको समिति बनाएको जनाइएको छ ।
Comments are closed.