भ्रष्टाचारीलाई प्रोत्साहन गर्दा राष्ट्र उभो लाग्दैन ः वरिष्ठ नेता पौडेल

तनहुँ,५ फागुन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रटाचारीलाई प्रोत्साहन गर्दा राष्ट्रको उन्नती प्रगति र कल्याण नहुने बताए । आइतबार तनहुँको दमौलीमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले नेपालमा भ्रष्टाचारलाई निरुत्साहित गर्नको साटो प्रोत्साहन गर्ने चलन बढ्दै गएको बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान निवारण आयोगका सदस्य राजनारायण पाठकमाथि भ्रष्टाचारमा संलग्न भएको प्रमाणित हुन साथ राजीनाम दिएको प्रति पौडेलले असन्तृष्टि व्यक्त गरे । भ्रष्टाचारमा संलग्न भएकाले राजीनामा गराएर उन्मुक्ति नपाउने पौडेलको भनाई थियो ।

भ्रष्टाचारमा संलग्नलाई कडाइका साथ राज्यले कारबाही अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । पैसाको बलमा मत किन्ने र राजनैतीतिक सत्ता कब्जा गर्ने प्रवृत्तिले राष्ट्र उभो लाग्दैन पौडेलले भने ।  वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको समयमै हुनुपर्ने बताउदै वर्तमान कार्यसमितिलाई म्याद थप्ने नैतिकता नभएको बताए ।

You might also like

Comments are closed.