मंगलबारबाट नेपाल लकडाउन

काठमाडौं । नेपालमा एक जनामा नोबेल कोरोना संक्रमण पुष्टि भएपछि सरकारले थप कडा कदम चालेको छ । मंगलबारबाट लागु हुने गरी पुरै देश लकडाउन गर्ने निर्णय भएको छ । लकडाउन एक सातासम्म जारी रहनेछ ।

कोरोना सम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन पछि सर्वसाधरण घरबाट बाहिर निस्कन पाउनेछैनन् । आन्तरिक हवाई उडान हुनेछैन भने निजी तथा सार्वजनिक सवारी साधनसमेत सञ्चालन हुनेछैनन् । लकडाउनको समयमा खाद्यान्न र अत्यावश्यक बस्तुको मात्र ढुवानी गर्न सकिनेछ ।

You might also like

Comments are closed.