मंगलबार बढ्यो सुनको मूल्य

काठमाडौं ।
पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो भने मंगलबार ९४ हजार ४ सय पुगेको छ ।

मंगलबार चाँदीको मुल्य प्रतितोला १ हजार २ सय रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.