पोखरा १९ पुस । मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) को २९ औ स्थापना दिवसको अवसर पारी प्रथम कास्की जिल्ला अधिवेशन सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजित प्रथम कास्की जिल्ला अधिवेशनलाई मंगोल नेश्नल अर्गनाइजेशनका केन्द्रीय कार्यबाहक प्रेसिडेन्ट बुद्धलाल मेचेले सम्बोधन गरे । मेचेले सभालाई सम्बोधन गर्दै मंगोलको देशैभरी लहर छाएको बताए । मंगोलको लहर देशैभरी छाएकाले अब मंगोलको अभियानलाई कोही कसैले रोक्न नसक्ने बताउदै नेपालका कम्युनिष्टहरुले केहीदिन भ्रम छरेर मंगोलको अभियानलाई तुहाउने कोसिस गरेको भएतापनि त्यो कोसिस फेल खाने बताए ।
अधिवेशन मूल आयोजक समितिका संयोजक प्रेम छिरी शेर्पा ‘दिक्पाल मंगोल’को सभा अध्यक्षमा कार्यक्रम भएको हो । प्रथम कास्की जिल्ला अधिबेशनबाट रियाज गुरुङको अध्यक्षतामा २५ सदस्यीय कास्की जिल्ला सभा गठन भएको छ । अधिवेशन पूर्व पोखराको अमरसिंह चोकको मैदानमा भेलाभै शुरु भएको मोटरसाइकल ¥याली रामबजार, लखन थापा चोक, बिरौटा चोक हुँदै पोखरा महानगर परिक्रमा गरी मानव अधिकार चोकमा भेला भएको थियो । विभिन्न मंगोल समुदायहरुको मौलिक भेषभूषा सहित झाँकी र बाजागाजा गर्दै ¥याली न्युरोड, सभागृह चोक हुँदै रंगशालामा आमसभामा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न मंगोल समुदायहरुको परम्परागत मौलिक झाँकी प्रतियोगिता राखिएको थियो । जसमा देशै भरिबाट प्रतियोगीहरुको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा रोल्पा जिल्ला सभाबाट मयुर नाँच प्रथम, नवलपुर जिल्ला सभाबाट थारु समुदयको लठ्ठी नाँच द्वितीय र तनहुँ जिल्ला जिल्ला सभाबाट लोकल कौड नाँच तृतीय भए । विजेताहरुलाई क्रमशः २०, १५ र १० हजार नगद पुरुस्कार सहित मायाको चिनो र प्रमाण पत्र वितरण गरिएको थियो ।
Comments are closed.