मकै पोलेर जिविकोपार्जन गर्ने महिलालाई वडाअध्यक्षको सहयोग

 

पोखरा, १६, मंसिर ।पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ वरालले लामो समय सम्म मकै पोलेर जिविकोपार्जन गर्दै आएकी एक महिलालाई सहयोग गरेका छन् ।

मकै पोलेर दुइजना सन्तानलाई पाल्दै आएकी ३९ बर्षीय पार्वती कार्कीलाइ ड्राइभिङ सिक्दा लाग्ने खर्च र सिकेर लाइसेन्स निकालेपछि उद्यमशिलता विकासमा बिउपुजी दिएर सहयोग गर्ने वरालले प्रतिवद्दता जाहेर गरेका हुन् ।

उनले उद्यमशिलता विकास गर्न चाहाने अन्य महिलाहरुलाइ समेत सहयोग गर्ने योजना रहेको वताए । लक्षित वर्गको पहिचानमा सामाजिक जागरणका लागि नारी अभियानले सहयोग गरेकोमा आभार व्यक्त गर्दै अन्य लक्षित वर्गको पहिचानमा समेत सहयोग गर्न आह्वान गरे । तालिम सिकेर व्यवहारमा उतार्ने महिलाहरुलाइ सिप सिकाउने र उद्यमशिलतामा समेत विकास गर्न वडा प्रतिवद्द भएको समेत वताए ।

सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सुरु भएको गाडी सिकौ अभियानमा फारम भरेर ड्राइभर बन्ने लक्ष्य लिएपछी सहयोगका लागि अध्यक्षलाइ अनुरोध गरिएको अभियन्ता सुष्मा पौडेलले वताइन् ।

अभियन्ता पौडेल , राजकुमार गिरी , बलराम वराल लगायतको सहभागीतामा मकै पोलिरहेको स्थानमा पुगेर बरालले प्रतिवद्दता जनाएका हुन् ।

कार्कीले सहयोग गरेकोमा धन्यवाद दिदै सिकेको सिप व्यवहारमा उतार्ने प्रतिवद्दता जाहेर गरिन् ।

You might also like

Comments are closed.