मतदाताको साथले उत्साही भएको छु : केशव खत्री

आर्थिक आवाज
पोखरा, ५ भदौ ।

लामो समयसम्म व्यवसायमा आबद्ध रहेका युवा व्यवसायी केशव बहादुर खत्री पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशनका लागि कार्यसमिति सदस्य पदको उम्मेदवार छन् । रवीन्द्रबहादुर प्रजू प्यानलबाट सदस्यमा उम्मेदवार बनेका खत्री अत्याधिक मतका साथ विजयी हुनेमा विश्वस्त रहेको बताउँछन् ।

‘चुनावी अभियानका क्रममा व्यवसायीको घरघरमा पुग्ने क्रममा मलाई हौसला प्रदान गर्नुभएको छ,’ खत्रीले भने, ‘म चुनाव जित्नेमा विश्वस्त छु । व्यवसायीले अत्याधिक मत प्रदान गर्नुहुनेछ ।’

वुद्धविशाल बजार व्यापारिक एसोसिएसन र फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष खत्री वुद्ध बचत तथा ऋण सहकारी संघका सञ्चालक हुन् ।

लामो समयसम्म व्यावसायिक क्षेत्रमा आबद्ध रहँदै विभिन्न संघसंस्थाबाट सिकेको ज्ञानलाई उद्योग वाणिज्य संघमा पुगेर प्रयोग गर्ने उनले बताए । ‘व्यावसायिक हकहितको क्षेत्रमा सधैं लाग्ने मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण उद्योगी व्यवसायीबाट माया पाउनेमा विश्वस्त छु ।’

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...