पोखरा, ३ जेठ । २६औं मदन आश्रित स्मृतिको अबसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम भएको छ । मदन भन्डारी फाउन्डेसन वडा समिति पोखरा ५ ले आयोजना गरेको कार्यक्रममा ५९ युनिट रगत संकलन भएको सचिव वसन्तराज गौतमले जानकारी दिए ।
नेकपाका प्रदेश कमिटी सदस्य नेकपा तथा फाउन्डेसनका जिल्ला सल्लाहकार दिलीप बिक्रम शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पहिलो रक्तदाता विष्णु बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन भएको थियो । फाउन्डेसनका अध्यक्ष धनञ्जय अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण पराजुलीले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव वसन्तराज गौतमले गरेका थिए ।
Comments are closed.