मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

पोखरा ।
२७ औं मदन आश्रित स्मृति दिवस को अवसरमा मदन भण्डारी फाउण्डेशन कास्की र पोखरा ५ को सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६६ यूनिट रगत संकलन गरिएको छ ।

कार्यक्रममा मदन आश्रित स्मृति दिवस को महत्व बारे प्रकाश पार्दै गण्डकी प्रदेश सदस्य मोहन रेग्मिले वर्तमान विषम परिबेश मा आफु पनि सुरक्षित रही सामाजिक अभियान मा जूटन सबैलाई आग्रह गरे। बिश्वब्यापी माहामारी संग जुध्न सरकार एक्लै नसक्ने हुदा सबैले आ आफ्नो ठाउ बाट पहल गर्न आवश्यक रहेको उनले वताए ।

पहिलो रक्तदाता बिक्रम तिमिल्सिनालाई फाउंडेशन का जिल्ला अध्यक्ष माधब बास्तोलाले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात तरिउको हो । कार्यक्रममा फाउण्डेशनका सल्लाहकार तेज नारायण अधिकारी तथा नेकपा का जिल्ला सचिबालय सदस्यहरु रामप्रसाद खनाल, कृष्ण न्यौपाने, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामू अधिकारी, रेडक्रस कास्की का मन्त्री धर्म अधिकारी लगायतले वोलेका थिए ।

फाउन्डेसन वडा नं ५ का अध्यक्ष धनन्जय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब वसन्त राज गौतमले गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्ण पराजुली ले गरेका थिए ।

You might also like

Comments are closed.