मदन भण्डारी कास्की क्रिकेट विभाग गठन

पोखरा, २५ माघ ।
कास्कीमा क्रिकेट खेलको बिकास एवम प्रवद्र्धन गर्न मदन भण्डारी स्र्पोट्स एकेडेमी कास्की अन्र्तगत मदन भण्डारी स्र्पोट्स एकेडेमी क्रिकेट विभाग गठन गरिएको छ । प्रविन रानाभाटको अध्यक्षतामा गठन गरिएको कास्की क्रिकेट विभागको उपाध्यक्षमा जिम्मी गुरुङ, सचिवमा भोजराज बराल, सहसचिबमा सन्दिप गिरी र कोषाध्यक्षमा शम्भु पतानी रहेका छन ।

गठित विभागको कार्यसमिती सदस्यमा दिपेन्द्र रानाभाट, ऋषिकेश शर्मा, विधान श्रेष्ठ, गोविन्द प्रधान, अशिष भण्डारी, मनिषा गुभाजु, सिंह बहादुर गुरुङ, रिजन प्रजु, सुष्मिता गुरुङ, विजय भुजेल र अर्जुन जोशी रहेका छन ।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठले एकेडेमी नेपालमा चार वटा खेललाई लक्षित गर्दै अगाडी वढिरहेको बताए । नेपालमा क्रिकेट, मार्शल आटर््स, फुटबल र भलिबल खेलका नयाँ प्रतिभाको खोजीमा रहेको उनले बताए । एकेडेमीले विद्यालयस्तर बाट नै खेलाडीको पहिचान गरिने अभियान सुरु गरिएको र उनीहरुलाई राष्ट्रियस्तरको खेलाडी बनाउने अभियानमा समेत एकेडमी जुटेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले २०७४ फागुन २८ गते प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटबलमा १५ लाख पुरुस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिंदै एकेडेमीको तर्फ बाट सहभागी हुने टिमलाई मलेसियामा लगेर प्रशिक्षण दिने तयारी समेत भएको उनले बताए । उनले उक्त टिमले मलेसियामा मलेसियन आर्मी सङ मैत्रीप्रर्ण म्याच खेल्ने बताए । त्यसै गरि फागुनमा भक्तपुरमा राष्ट्रिय भलिबल, बैशाखमा मार्शल आर्ट्स गरिने जानकारी दिए । ‘हामीले ५ वर्ष सम्म महिनामा एक पटक कुनै न कुनै एक खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने छौं’ उनले भने ।

कार्यक्रममा एकेडेमी क्रिकेट विभागका केन्द्रिय अध्यक्ष विकास अधिकारी, केन्द्रिय सदस्य शुदिस शर्मा, मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रिय सदस्य ऋषि गौतम लगाएतको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.