पोखरा, १७ बैशाख
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य युवा उद्यमी तारानाथ ढुंगानाले मदिरा व्यवसायी महासंघको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको ११औं महाधिवेशन यही वैशाख २१ गते काठमाडौंमा हुँदैछ । मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका ढुंगाना विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थामा आवद्ध छन् ।
उनी महासंघको गण्डकी अञ्चल अध्यक्ष समेत भइसकेका छन् । महासचिवका प्रत्याशी उम्मेदबार ढुंगानाले देशभरका मदिरा व्यवसायीलाई एकतावद्ध बनाउँदै बलियो संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
‘ व्यवासायी हकअधिकारलाई स्थापित गरी व्यवसायलाई मर्यादित बनाउन मेरो उम्मेदवारी हो ।देशभरका व्यवसायीबीचको एकतालाई मजबुत बनाउदै अघि बढ्ने सोच छ । ’ ढुँगानाले भने ।
Comments are closed.