मदिरा व्यवसायीलाई कर शिक्षा

पोखरा, २१ असार ।

मदिरा व्यवसायी समिति कास्कीको आयोजना र आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा बिहीबार कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनमा कार्यक्रम भएको हो ।

मदिरा व्यवसायी समिति पोखराका अध्यक्ष तारानाथ ढुङगानाको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले करको दायरामा सम्पूर्ण व्यवसायी आउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का अध्यक्ष सञ्जिव कोइरालाले करशिक्षा तालिम देशभर चलाउनुपर्ने धारणा राखे । दण्ड र जरिवानाको सोचबाट पर रहन उनले व्यवसायीलाई आग्रह गरे । व्यवसायीहरूबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा उनको जोड छ । अबैध मदिरालाई निरूत्साहित गर्नुपर्ने उनले बताए ।

कर अधिकृत उद्ववराज न्यौपाने नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेटले व्यवस्था गरेको नयाँ नियमका बारेमा जानकारी गराएका थिए । महासचिव खड्कबहादुर रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कास्की सहित छिमेकी जिल्लाका गरी करिब ३ सय जना मदिरा व्यवसायी सहभागी रहेको अध्यक्ष ढुङगानाले जानकारी दिए ।

You might also like

Comments are closed.