मदिरा व्यवसायीहरुको पारिवारिक वनभोज तथा अन्तरक्रिया

पोखरा, २० फागुन ।

मदिरा व्यवसायी समिति कास्कीको पारिवारिक वनभोज तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष तारानाथ ढुङगानाको सभापतित्वमा आयोाजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासघंका क्षेत्रीय उपाध्यक्ष डासिराम सापकोटाले व्यवसायीबीच एकता हुनुपर्नेमा जोड दिए । महासंघका गतिविधिको वारेमा जानकारी दिँदै उनले मदिरा व्यवसायी समिति कास्कीले गरेको कामहरु प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रुपनारायण भुजेल र गण्डकी अञ्चल प्रतिनिधि अर्जुन सिग्देल, कम्पनी प्रतिनिधी तर्फबाट हरि पौडेल, संस्थाका संस्थापक अध्यक्ष रामबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम संयोजक रामप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा सचिव विजय गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

अध्यक्ष तारानाथ ढुङगानाले अन्तशुल्क, ट्याक्स तथा जिल्लाका विविध गतिविधिका बारेमा धारणा राखेका थिए । कार्यक्रम सञ्चालन महासचिव खड्क बहादुर रानाभाटले गरेका थिए । करिब सय जना व्यवसायीहरु कार्यक्रममा उपस्थिति रहेको अध्यक्ष ढुङगानाले जानकारी दिए ।

You might also like

Comments are closed.