मदिरा व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्छः महासंघ (विज्ञप्तिसहित)

पोखरा । नेपाल मदिरा व्यवसायी महासंघले मदिरा व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । लकडाउनको समयमा ठूला ठूला सुपरमार्केटहरुले मदिराको बिक्री वितरण गरिरहेको बताउँदै महासंघले मदिराको मात्र बिक्री वितरण गर्ने व्यवसायी मर्कामा परेको धारणा राखेको छ ।

मदिरा व्यवसाय ठप्प हुँदा व्यवसायमा संलग्न व्यवसायीहरुले बैंकको ऋण, ब्याज, कर्मचारी तलब, घर भाडा, गोदाम भाडा तिर्न नसक्ने अवस्था सिर्जना भएको अध्यक्ष सोनाम शेर्पा र महासचिव तारानाथ ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.