मधुमेह दिवसमा ४५० जनाको सुगर र प्रेसर जाँच

पोखरा २९ कात्तिक ।

विश्व मधुमेह दिवस बुधबार पोखरामा जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले दिवसको अवसरमा मधुमेह सम्वन्धि सचेतना, सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन तथा परामर्श दिएको थियो । महागनरका कर्मचारीसंगै सर्वसाधारणको निशुल्क रुपमा प्रेसर र सुगर जाँच गरिएको थियो ।

महानगर कार्यालय अगाडी सडकमा आयोजना गरिएको कार्यक्रममा ४५० जनाको सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन गरिएको स्वास्थ्य महाशाखाका नर्सिङ प्रमुख कविता पौडेलले जानकारी दिइन । विहान दश बजेदेखि साँझ चार बजेसम्म प्रेस र सुगर जाँच गरिएको थियो । कार्यक्रममा पोखरा महागनरका प्रमुख मानबहादुर जि.सी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, महानगरका उपसचिव एवं सुचना अधिकारी गंगालाल सुवेदी लगायतले सुगर प्रेस जाँच गराएका थिए ।

जाँच गरिएका अधिकांशमा मधुमेह रोग देखिएको र त्यस बारे परामर्श प्रदान गरिएको थियो । मधुमेह लाग्नुका कारण र यसबाट बच्ने उपायका बारेमा डा.ओमप्रकाश कलौनीयाले परामर्श दिएका थिए । नेपालमा मधुमेह रोगको विगविगी रहेको डा.ओमप्रकाश कलौनीले बताए । नेपालीमा यो रोग बढदो छ, त्यसलाई रोक्न बेलैमा रोकथाम गर्नुपर्छ । उनले मधुमेहको जोखिम दक्षिण एशियामा सवैभन्दा बढि रहेको बताउदै यो रोग लागेमा मृगौला, आँखा लगायत जीवनको गुणस्तरीयतामा असल गर्ने बताए । मधुमेह रोगहरुको राजा हो, यसका कारण धेरै रोगहरु लाग्न सक्छ त्यसैले समयमै यसको रोकथाम गर्नुपर्छ उनले भने ।। डा.कलौनीले नेपालमा मधुमेह जस्ता नसर्ने रोगको संक्रमण बढदो रहेको बताउदै त्यसलाई बेलैमा रोक्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नेपालीहरुको खानपानका कारण मधुमेह जस्ता रोगहरुको सिकार हुनुपरेको बताउदै खानेकुराहरुमा परिर्वतन गदै स्वास्थ्यमा ख्याल गर्नुपर्नेमा जोड दिए । उनले मानिसको स्वास्थ्य भन्दा ठूलो अरु नहुने बताउदै जनचेतनाको खाँचो रहेको समेत बताए ।

You might also like

Comments are closed.