मनकांक्षी सहकारीको अध्यक्षमा बस्ताकोटी

आर्थिक आवाज
पोखरा, २३ भदौ ।

मनकांक्षी बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले बामदेव बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष देवी वस्ताकोटी, सचिव महेश्वर गिरी, कोषाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा डिल्लीराम भट्टराई, चुडामणि गौतम, ओमप्रसाद अधिकारी, लक्ष्मी तिमिल्सिना, लक्ष्मी गिरी छन् ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षता तथा पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष ओम सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सुवेदीले सहकारीलाई सबै मिलेर माथि लैजानुपर्नेमा जोड दिदैै सहकारी नेपालको अर्थतन्त्रको तेस्रो खम्वा भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका २४ का वडा सदस्य तथा नगरपालिका वोर्ड कमिटी सदस्य सन्तु सुवेदीले सबै मिले काम गर्ने स्थान नै सहकारी भएको बताइन् । सहकारीलाई सधैं सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको छ । उपाध्यक्ष टेकप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव पदम वस्ताकोटीले संचालन गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...