मनकामना कपको उपाधि बिजेतालाई साढे ७ लाख

पोखरा,१७ पुस

मनकामना केबुलकार अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ पाउने भएको छ । एन्फा कास्कीको आयोजनामा आगामी माघ १५ गतेदेखी २६ गतेसम्म हुने मनकामना केबुलकार पोखरा कपको उपाधि बिजेतालाई ट्रफीसहित नगद ७ लाख ५५ हजार रुपैँया प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको हो । यो अघिल्लो प्रतियोगिताको भन्दा २ लाख बढी हो । यसअघीको प्रतियोगितामा बिजेतालाई ५ लाख ५५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै उपबिजेतालाई यस वर्ष ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने भएको छ । यो अघिल्लो प्रतियोगिताको भन्दा १ लाख बढी हो । यसअघी अघिल्लो प्रतियोगितामा उपबिजेतालाई ३ लाख ५५ हजार प्रदान गरिएको थियो ।

प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर। उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.