मनकामना कप माघ १५ गतेदेखि २६ गतेसम्म हुने

 

सन्देश श्रेष्ठ
पोखरा, १७ पुष

मनकामना केबुलकार पोखरा कप माघको तेश्रो सातादेखी हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा आगामी माघ १५ गतेदेखी २६ गतेसम्म मनकामना केबुलकार पोखरा कप २०७५ हुने भएको हो । पाचौं पटकसम्म भएको प्रतियोगिता विगत २ वर्षदेखी स्थगित भएको थियोे ।

प्रतियोगितामा ३ बिदेशी टिमसहित १२ टिमको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फा कास्कीका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजनका ९ टिम र ३ बिदेशी टीम सहभागि हुनेछन् । प्रतियोगितामा जापानको टीम सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनले जापानको टीम युनिभर्सिटी कप उचाल्ने टीम भएकाले सशक्त भएको र सो मिट उपाधिका दाबेदारका रुपमा रहने बताए । भारत र बंगलादेशका टीमहरुसँग भने छलफल भइरहेको र ति टीम पनि बलियो टीम आउने उनको भनाई छ । प्रतियोगितामा आयोजकले पनि खेल्ने र त्यसमा बिदेशी खेलाडीपनि सहभागि हुने आयोजकले बताएको छ ।

You might also like

Comments are closed.